लहरा

काँडै काँडाको फेद भए पनि लहरा फनफनी त्यसमै बेरिएका छन् कारण लहरा नजिककै रुखमा बेरिन्छ सर्बाङ्ग सिख्रो र नग्न तनतरू भीरको डिलमा ठिङ्ग उभिएको छ बीभत्स रूप कायाकल्प मृत्युञ्जयी अाफ्नै बोझले लचक्क लच्किएको छ भीरतिर त्यसमाथि मनपरी बेरिएका कबै, भैंसीकाँडे र डुम्रीका कारण ढल्न ठिक्क छ र त ऊ बूढो धृतराष्ट्र जस्तै नेत्रहीन बनेको छ हजारौं द्रौपदीको चीरहरण भएको देख्दैन ऊ ।

Comments

Popular posts from this blog

पुरुष निषेध - बजारमा उपलब्ध छ