उज्यालो

अाधा रातमा ब्युँझेर उसले घडीको सुईलाई नियाल्यो रातको १२ बजेको थियो तर उसको घण्टे सुई सुतिरहेको थियो लन्ठ्याङ् लन्ठ्याङ् हल्लिरहने पेन्डुलम भने जागा नै थियो उसलाई लाग्याे- घडीको सुई रोकिएका कारण उज्यालो भएको थिएन ऊ निराश भयो । उसले उज्यालो हुनु र नहुनुका बीच केही फरक देखेन उसलाई लाग्यो, मान्छे सुतेका कारण उज्यालो निदाएको थियो । २०७४/०४/०४

Comments

Popular posts from this blog

पुरुष निषेध - बजारमा उपलब्ध छ

लहरा